गृहपृष्ठ खबर परासीमा औद्योगिक ब्यापार मेला हुने

परासीमा औद्योगिक ब्यापार मेला हुने

प्रकाशित मिति:

 

उमेश बि.क / नवलपरासी , ६ कार्तिक ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०७६ संचालन हुने भएको छ ।।

शान्ति, समृद्ध, उधोग र ब्यापार राष्ट्र निर्माणकाे बलियाे अधार मुल नाराकाे साथ नवलपरासी औधोगिक ब्यापार मेला २०७६ तथा कृषि, पर्यटन, उधोग, ब्यापार, एबम सुचना प्रबिधिको बृहत प्रदर्शनी २०७६ मंसिर २ देखि १५ गते सम्म हुने भएको छ l

उद्योग वाणिज्य संघ नवलपरासीकाे आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको वृहत् प्रदर्शनीसहितको मेला हुन लागेको हो ।

आज परासीमा पत्रकार सम्मेलन गरी उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले यसक्षेत्रमा कृषि उपज घरेलु साना मझौला तथा ठूला उद्योगहरुद्धारा उत्पादित बस्तु एव घरेलु हस्तकला तथा लद्यु उद्यमका उत्पादनहरु प्रर्दशनी गर्ने जानकारी दिए ।

नवलपरासी आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ । यसै अनुरुप यस मेलाले नवलपरासीको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र परासीलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले जानकारी गराए । नवलपरासीका स्थानिय तह स्तरीय सांस्कृतिक प्रतियोगिता ,यसक्षेत्रका धार्मिक एव पर्यटकीय स्थालहरुको प्रर्दशनी,पराम्परा तथा जिल्लाको संस्कृति झल्किने गरी जातजातिहरुको भेषभुषाको झाकी एंव कला प्रर्दशनी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा चेतनामुलक तथा मनोञ्जनत्मक लगायतको बिबिध सांस्कृतिक प्रतिभा मेलामा प्रर्दशनी हुने भण्डारीले बताए ।

नवलपरासी, रुपन्देही सहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने संघका महासचिव गिरिराज पाण्डले जानकारी दिए । मेलामा धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला , लघु उद्यमका उत्पादन,सुचना तथा बिज्ञान प्रबिधिको बृहत प्रर्दशनी ,धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्ने बिभिन्न खेल सहित बाल उद्यम र मेलामाल कुस्ती खेलहरु गराईने र मेलामा १७० स्टलहरु समेत रहने जानकारी दिए ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकास अग्रहरीका अनुसार पोशाक तथा हस्तकालका समाग्रीहरु जुत्ता छाला तथा छालाजन्य उत्पादन,घरायासी उपभोग्य बस्तुहरु समानाहरु , आधुनिक कृषि उत्पादन र उपकरणहरुको प्रर्दशनी गर्ने ले जानकारी दिए ।

मेलामा आयोजकले २ लाख दर्शकले अवलोकन गर्ने र सो मेलाबाट ५ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको संघका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिए । मेलामा अवलोकन गर्न आउने दर्शकहरुलाई मेलाअवधिभर यातायताको व्यवस्था मिलाईएको ,मेलामा स्टल राख्ने व्यापारीहरुलाई मेला अवधिभरी बिमाको व्यवस्था समेत गरिएको संघका सचिव तारा अर्चायले बताईन ।

साथै नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले मेलाकाे सम्पुर्ण गतिविधि थाहा पाउन र सुचना प्रवाह गर्नकाे लागि पत्रकार स्टल राख्न सुझाव दिदै मेलाकाे सफलताकाे शुभकामना दिनुभएको हाे।

सम्बन्धित् समाचार