गृहपृष्ठ Featured दोस्रो सिजनको एनपिएलको मिनिअक्सन साउन २४ गते

दोस्रो सिजनको एनपिएलको मिनिअक्सन साउन २४ गते

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते अक्सन गर्ने घोषणा गरेको हो।

अक्सनका लागि यसअघि क्यानले जुलाई १२ देखि २२ खेलाडी दर्ता खुलाएको थियो। खेलाडी दर्ता प्रक्रियामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम गराएका छन्।

यो सिजनको मिनिअक्सनमा सहभाग आठ टोलीले ५ देखि ६ खेलाडी टोलीमा आबद्ध गर्नेछन्। यसअघि टोलीहरुले ६ देखि ७ खेलाडी रिटेन गरेका थिए।

दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण एनपिएलमा सहभागी ८ फ्रेञ्चाइज टोलीहरुलाई उपलब्ध गराइ प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानको भनाइ छ।

क्यानले दोस्रो सिजनको एनपिएल आगामी नोभेम्बरमा गर्ने तयारी गरिरहेको छ।

 

NPL-Auction-Date-1753522716.jpeg

सम्बन्धित् समाचार