अल बरकतले मुहम्मद जयन्ती पर्वलाई राष्ट्रिय बिदाका रुपमा मान्यता दिइ सार्वजानिक बिदा घोषणा गर्न माग गरेका छन् ।
मुस्लिम समुदायको तेस्रो महान चाड मुहम्मद जयन्ती यही कार्तिक २४ गते आईतबारका दिन पर्दछ । 
अल बरकतका तर्फ बाट अहमद हुसैन रजवी,गुलाम गौस अन्सारी,अमजद अन्सारी, अल नेपाल मुस्लिम संगठनका सिराज फारूकी, नेपाल हज समितिका अध्यक्ष शमसेर मियांको सामुहिक उपस्थितिमा मुहम्मद जयन्तीको दिन सार्वजानिक बिदा दिनु पर्छ भनि गृह मन्त्रालयको निवास पुगी माननीय गृह मन्त्री राम बहादुर थापा बदल ज्यू लाई ज्ञापन पत्र बुझाईएका छन्।








