गृहपृष्ठ खबर नेपालगञ्जमा कार्यालय जलेपछि भुइँमै बसेर सेवा दिँदै जनप्रतिनिधि

नेपालगञ्जमा कार्यालय जलेपछि भुइँमै बसेर सेवा दिँदै जनप्रतिनिधि

जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ ।

कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम रोक्नु भएको छैन । उहाँहरुले भौतिक सुविधा नहुँदा पनि भुइँमै बसेर जनतालाई सेवा प्रदान गरिरहनुभएको छ ।

सो वडा कार्यालयले लालपुर्जा प्राप्त जमिनको कर संकलनदेखि जन्म, मृत्यु दर्ता, बसाइँसराइ र सिफारिसजस्ता दैनिक सेवा बिना अवरोध सञ्चालन गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार