रुपन्देही ।
लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत हुनुभएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो ।
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आइतबार साँझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक भएको संयोजक डा. माणिकरत्न शाक्यले जानकारी दिए ।
शान्ति एवं सुगति पाठ गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरु सुगतीको कामना गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उनले बताए ।
आन्दोलनपछि देशमा देखिएको अन्यौलताको अवस्थाको अन्त्य एवम् दिगो शान्ति र सुरक्षाको कामनासमेत गरिएको छ ।