गृहपृष्ठ Featured महिला विश्वकप : अष्ट्रेलियासँग भारत ३ विकेटले पराजित

महिला विश्वकप : अष्ट्रेलियासँग भारत ३ विकेटले पराजित

काठमाडौं : अस्ट्रेलियाले जारी महिला विश्वकपमा भारतमाथि जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो।भारतले दिएको ३३१ रनको विशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन्।  यस अघि पहिला ब्याटिंग गरेको भारतले ४८ दशलमव ५ ओभरमा अल आउट हुदै ३३० रन बनाएको थियो। भारतका लागि स्मृति मन्दानाले ८० र प्रतिका रावलले ७५ रन बनाएका थिए।

जितपछि अस्ट्रेलिया ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

भारतको भने यो ४ खेलमा दोस्रो हार हो। भारतको ४ खेलमा ४ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ।

सम्बन्धित् समाचार