काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ। महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक-फरक धारणा राखिरहेका छन्।









