गृहपृष्ठ खबर बाणगंगा- २ नन्दनगरमा हुने महायज्ञको तयारी सकियो

बाणगंगा- २ नन्दनगरमा हुने महायज्ञको तयारी सकियो

वैखरी अनलाईन, बाणगंगा ।

श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले बाणगंगा नगरपालिका–२ नन्दनगरमा गर्न लागेको श्री वामनपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल ३१ औँ ज्ञान–महायज्ञ–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । यही मंसिर ५ गतेदेखि मंसिर ११ गतेसम्म सञ्चालन हुने यस महायज्ञको सम्पूर्ण तयारी सकिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।

यस साताव्यापी हुने धार्मिक अनुष्ठानमा परमपूज्य श्रद्धेय लोकानन्द स्वामीको संरक्षकत्वमा दैनिक सन्ध्याकालिन महाआरती हुने महायज्ञका संयोजक रबिराज शर्मा ज्ञवालीले जानकारी दिनुभयो । साथै वचनामृत प्रवचन परमपूज्य श्रद्धेय लोकानन्द स्वामीको मुखारविन्द्युबाट हुने कार्यक्रम रहेको छ भने प्रमुख वाचकका रुपमा सुप्रसिद्ध १८ पुराण प्रवक्ता आचार्य वेदप्रकाश भट्टराई रहनु हुनेछ ।

संयोजक अनुसार महायज्ञले स्थानीयस्तरमा संस्कृत शिक्षा, धार्मिक जागरण र सामाजिक सद्भाव विस्तारमा समेत महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा सञ्चार हुने बताउनुभयो । उहाँले समुदायलाई एकताबद्ध बनाउने यस्ता कार्यक्रमहरू संस्कृतिको संरक्षण र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्वपूर्ण माध्यम भएको बताउनुभयो । पत्रकार महासंघसहित सम्पूर्ण पत्रकारिता जगतले यस्ता सकारात्मक पहललाई सदैव सहयोग र साथ दिने उहाँले बताउनुभयो ।

आयोजक संस्थाले भक्तजन तथा स्थानीयवासीहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ प्राप्त गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

सम्बन्धित् समाचार