गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकी रिपोर्टको दाबी : भारतसँगको चारदिने युद्धमा पाकिस्तानको जित

अमेरिकी रिपोर्टको दाबी : भारतसँगको चारदिने युद्धमा पाकिस्तानको जित

एक अमेरिकी रिपोर्टले मे २०२५ मा भारत र पाकिस्तानबीच भएको चारदिने युद्ध (अपरेसन सिन्दूर) मा पाकिस्तानले ठूलो सैन्य सफलता हासिल गरेको दाबी गरेको छ।

प्रतिवेदनले पहलगाम आक्रमणलाई आतंकवादी आक्रमण नभई ‘विद्रोह आक्रमण’ पनि मानेको छ। यो ८०० पृष्ठको रिपोर्ट अमेरिका-चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोग (यूएससीसी) द्वारा जारी गरिएको हो।

रिपोर्टबारे पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार भने, ‘अमेरिकी संसद्‌मा प्रस्तुत गरिएको रिपोर्टले भारतसँगको सैन्य द्वन्द्वमा पाकिस्तानको विजय पुष्टि गरेको छ।’

पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार सहबाजले भने, ‘पाकिस्तानी सेनाको उत्कृष्ट प्रदर्शनले शत्रुलाई घुँडा टेकाएको थियो। फिल्ड मार्सल असिम मुनिरले यसमा प्रमुख भूमिका खेलेका थिए।’

रिपोर्टमा गरिएको दाबीको स्क्रिनसट

 

 

रिपोर्टमा पाकिस्तानले राफेल जेटसहित कम्तीमा ६ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको उल्लेख छ। तर रिपोर्टले केवल तीन भारतीय विमान खसालिएको बताएको छ।

रिपोर्टअनुसार पाकिस्तानले यस द्वन्द्वमा चीनबाट प्राप्त हतियार प्रयोग गरेको थियो। रिपोर्टमा भनिएको छ, ‘पाकिस्तानले चीनको एचक्यू-९ वायु रक्षा प्रणाली, पीएल-१५ मिसाइल, र जे-१० लडाकु विमान प्रयोग गरेको थियो।’

यूएससीसी आफैँले कुनै कारबाही गर्दैन; यसले केवल रिपोर्ट तयार गर्छ र अमेरिकी संसद्‌मा पेस गर्छ।

सम्बन्धित् समाचार