गृहपृष्ठ अन्तरास्ट्रिय खबर इरानको प्राथमिक विद्यालयमा अमेरिका–इजरायलको आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

इरानको प्राथमिक विद्यालयमा अमेरिका–इजरायलको आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु

काठमाडौँ — ईरानविरुद्ध अमेरिका–ईजरालयलले थालेको युद्धका दौरान दक्षिणी हर्मोजगान प्रान्तको मिनाब सहरमा भएको हवाई हमलामा ५१ जनाको मृत्यु भएको छ ।

ईरानको सरकारी सञ्चारमाध्यमका अनुसार यहाँ ईजरायली सेनाले एक प्राथमिक छात्रा विद्यालयमा आक्रमण गरेको हो ।

इरानको मेहर समाचार संस्थाले राजधानी तेहरानमा भएको अर्को आक्रमणमा दुई जना विद्यार्थीको मृत्यु भएको जनाएको छ ।

अमेरिका र इजरायलले केवल सैन्य पूर्वाधारलाई मात्रै आक्रमण  गरेको दाबी गरेका थिए । तर तेहरानमा सर्वसाधारणमाथि पनि आक्रमण भएको अल जजिराका पत्रकार मोहम्मद भालले तेहरानबाट बताएका छन् ।

सम्बन्धित् समाचार