गृहपृष्ठ खबर एमालेको हारबारे विष्णु पन्थीको आत्मसमीक्षा : ‘समस्या पहिचान गरेर अघि बढ्नुपर्छ’

एमालेको हारबारे विष्णु पन्थीको आत्मसमीक्षा : ‘समस्या पहिचान गरेर अघि बढ्नुपर्छ’

वैखरी अनलाईन, बाणगंगा ।

विष्णु पन्थीले पार्टीको पछिल्लो निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले २०७९ को निर्वाचनमा एमालेले पाएको करिब १५ लाख मतदाताले यस पटक किन मतदान गरेनन् भन्ने प्रश्न उठाउँदै यसको कारण खोज्नुपर्ने उल्लेख गरेका छन्।

उनका अनुसार नयाँ शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिटमा जित हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने ९ सिटमा सीमित हुनु गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको बताएका छन्।

पन्थीले पार्टीको नीति, केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि, स्थानीय नेतृत्व तथा उम्मेदवारप्रति रहेको गुनासो वा अन्य कारणमध्ये कहाँ समस्या छ भन्ने स्पष्ट रूपमा पहिचान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

“रोग लुकाएर उपचार हुँदैन, समस्या लुकाएर वा अर्कोतिर पन्छाएर समाधान हुँदैन,” उनले लेखेका छन्। उनले हारबाट पाठ सिकेर समस्या पहिचान गरी अघि बढे एमाले पुनः जित्न सक्ने विश्वास पनि व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार