गृहपृष्ठ Featured ट्रम्पको धम्की- ‘इरानले तेल आपूर्ति रोक्यो भने २० गुना बढी बल प्रयोग गर्छौँ’

ट्रम्पको धम्की- ‘इरानले तेल आपूर्ति रोक्यो भने २० गुना बढी बल प्रयोग गर्छौँ’

उनले भनेका छन्, ‘यदि इरानले हर्मुज स्ट्रेटमा तेल आपूर्ति रोक्न खोज्यो भने अमेरिकाले २० गुणा बढी बल प्रयोग गरेर आक्रमण गर्नेछ। यो युद्ध शत्रु पूर्ण रूपमा नष्ट नभएसम्म जारी रहनेछ।’

यस क्रममा ट्रम्पले अमेरिका र इजरायल मिलेर अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको पनि बताएका छन्।

उनले भनेका छन्, ‘केही महत्त्वपूर्ण लक्ष्यलाई जानाजानी छाडिएको छ ताकि आवश्यक परेमा पछि कारबाही गर्न सकियोस्।’

फ्लोरिडाको डोरालमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका र इजरायलले जारी युद्धमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।

उनले यसो पनि भने, ‘लडाइँ चाँडै समाप्त हुन सक्छ, तर अहिलेका लागि सैन्य कारबाही जारी रहनेछ।’

सम्बन्धित् समाचार