गृहपृष्ठ Featured कपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन   

कपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन   

रामबहादुर गन्धर्व,  कपिलवस्तु ।

बाणगंगा नदि तटीय बाढी पूर्वसुचना चेतावनी समन्वय समितिको अभिमुखिकरण गोष्ठी तौलिहवामा सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपालको सहयोग ,बिपद ब्यवस्थापन राष्ट्रिय सञ्जाल नेपालको सहकार्य र दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुको आयोजनामा भएको उक्त गोष्टीले जिल्लाका विभिन्न पालिका भित्र रहेका प्रभावित क्षेत्रको सुरक्षाका लागि श्यामु कोरीको संयोजकोत्वमा आवश्यकता अनुसार १७ सदस्यीय रहने गरि सुचना सञ्जाल गठन गरेको छ।

जसको उप संसंयोजक रामबहादुर गन्धर्व रहेको र सदस्यहरूमा गौतम चमार ,रामबृक्ष केवट,झगरू थारू,शिवशंकर तेली,बिक्रम हरिजन,शिव ओम कहांर जितन्दर चाई ,नारायण प्रसाद अर्याल र रमेश चौधरी रहेका छन् ।

त्यस्तै दलित सामाजिक बिकास केन्द्र संयोजक रहने गरि सल्लाहकार समिति पनि गठन भएको छ ।जसको सदस्यमा सामुदायिक बिपद ब्यवस्थापन राष्ट्रिय सञ्जाल नेपाल रहेको छ। बुधबार आयोजित कार्यक्रममा रमेश प्रसाद चौधरीले कार्यक्रमको बारेमा स्पष्ट पारे।

२२ बढी सहभागी रहेको सो कार्यक्रम बिपद ब्यवस्थापन समुदाय ग्रुपका केन्द्रीय संयोजक जग्गनाथ प्रसाद कुर्मीले सहजीकरण गरेको उक्त कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजमति पासीको स्वागत तथा लग्गन हरिजनको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार