गृहपृष्ठ Featured कपिलवस्तुमा चौथो मेयर कप–२०८३ ब्याडमिन्टन सम्पन्न

कपिलवस्तुमा चौथो मेयर कप–२०८३ ब्याडमिन्टन सम्पन्न

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकामा सम्पन्न चौथो मेयर कप–२०८३ अन्तर्गत नगर एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा खुला तर्फ तारा पगेंनी र गिरु रानाको जोडीले तथा ४५ बर्ष माथी समुहको उपाधी रितेश थापा र संजय गुरुङको जोडीले जितेका छन ।

खुला तर्फ बिशेष बस्नेत र निखिल परियारको जोडी द्धितीय तथा रितेश थापा र सिद्धार्थ कार्कीको जोडी तृतीय भएका छन । ४५ बर्ष माथी समुहमा द्धितीय संदीप श्रेष्ठ र मोहोम्मद हुसेनको जोडी तथा तृतीय तिलक बस्नेत र नारायण ढकाल तथा बल बहादुर क्षेत्री र अशोक श्रेष्ठ तृतीय भए ।

खुला तर्फ प्रथम भएका जोडीलाई कप प्रमाण पत्र मेडल तथा २० हजार नगद प्रदान गरिएको थियो । खुला तर्फ दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिएको थियो । यस्तै ४५ बर्षमाथी समुहमा प्रथम भएकालाई कप मेडल, प्रमाण पत्र र ३० हजार नगद प्रदान गरिएको थियो । दोस्रोलाई २० हजार तथा तस्रोेलाई १० हजार प्रदान गरिएको थियो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बिजेता खेलाडीलाई कप , मेडल प्रमाण पत्र र नगद हस्तान्तरण गर्दै प्रतियोगीताले ब्याडमिन्टन खेलको विकासमा सहयोग पुग्ने बताए । उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

प्रतियोगितामा बिगिर्नस कपिलवस्तु नगरपालिका लेभल, यू–१५ बालक एकल जिल्ला स्तर, महिला एकल खुला जिल्ला स्तरका खेल समेत भएको प्रशिक्षक राजेश प्रताप शाक्यले बताए ।

कपिलवसतु नगरपालिकाको सहयोगमा जिल्ला खेलकुद विकास समिति, कपिलवस्तु र जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा प्रतियोगीता गरिएको हो । समापन समारोह राजेश शाक्यको अध्यक्षता र बलराम न्यौपानेको संचालनमा भएको हो ।

सम्बन्धित् समाचार