गृहपृष्ठ अन्तरास्ट्रिय खबर बैंककमा मध्यराति बारमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंककमा मध्यराति बारमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

थाइल्यान्डको राजधानी बैंककको चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्। धेरै जना अझै हराइरहेका आशंका गरिएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा बारबाट उच्च ज्वाला निस्किरहेको र मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिन्छ। केही मानिस चिच्याइरहेको र लडिरहेको देखिन्छ।

 

आगलागी स्थलआगलागी स्थल

 

घटनास्थलमा पुगेका थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले अहिलेसम्म २७ जनाको शव निकालिएको र घाइतेहरूलाई अस्पताल भर्ना गरिएको बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।

स्थानीय सञ्चारमाध्यमका अनुसार लगभग आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ। त्यतिन्जेलसम्म धेरै क्षति भइसकेको थियो। प्रारम्भिक जानकारीअनुसार मृतकहरूमा ९ पुरुष र १८ महिला छन्।

प्रधानमन्त्रीले आगलागीका बेला बारमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई सोधपुछ गरिएको बताएका छन्। संगीतकारका अनुसार सुरुमा विद्युतीय कट-आउट स्विचबाट आगो सुरु भयो, त्यसपछि ठुलो विस्फोट भयो र केही क्षणमै आगो परिसरभरि फैलियो।

सम्बन्धित् समाचार