गृहपृष्ठ Featured इरानले भन्यो: ‘अब सम्झौता भन्ने चिज बाँकी रहेन’

इरानले भन्यो: ‘अब सम्झौता भन्ने चिज बाँकी रहेन’

इरानले आफू र अमेरिकाबिच अब कुनै सम्झौता बाँकी नरहेको बताएको छ।

अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा आक्रमण र पुन: नाकाबन्दी घोषणा गरेपछि इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकासँग भएको सम्झौता अब ध्वस्त भएको बताएका हुन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘अब इस्लामाबाद सम्झौताजस्तो कुनै चिज छैन।’

बुधबार बिहान दक्षिणी इरानमा धेरैवटा विस्फोट भएको बताइएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार बिहान लगभग सात घण्टासम्म इरानविरुद्ध ठुलो सैन्य कारबाही गरिएको बताएको छ।यो आक्रमण हर्मुज स्ट्रेट वरिपरि र इरानी तटमा गरिएको हो।

सेन्टकमका अनुसार, लडाकु विमान, ड्रोन र नौसेना जहाजहरूद्वारा इरानका क्षेप्यास्त्र प्रक्षेपण स्थल, ड्रोन अड्डा, नौसेना स्रोत र तटीय रक्षा प्रणालीमा प्रहार गरेका हुन्।

यसैबिच जवाफमा इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ।

इरानले आफ्नो एउटा ड्रोनले कुवेतमा रहेको अमेरिकी सैन्य गोदामलाई निसाना बनाएको दाबी गरेको छ। आक्रमणको भिडिओ सामाजिक सञ्जालमा सेयर गरिएको छ।

सम्बन्धित् समाचार