गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की दिएका छन्।

फक्स न्युजको रिपोर्टअनुसार उनले भनेका छन्, ‘इरानसँग मेरो प्रशासनको वार्तामा बाधा पुर्‍याए ओमानमा बमबारी गर्नेछौँ।’

नेटवर्कका एक रिपोर्टरका अनुसार सोमबार ट्रम्पले फोनमा त्यस्तो धम्की दिएका हुन्।

यस क्रममा ट्रम्पले यसो पनि भने, ‘इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष गोप्य सम्पर्क भएको छ।’

तर आईआरजीसीले अमेरिकासँग वार्ता भएको कुरा अस्वीकार गरेको छ।

यद्यपि इरानी अधिकारीहरूले सोमबार भनेका छन्, ‘हामी हर्मुज जलमार्गबाट जहाज आउजाउ सम्बन्धमा ओमानसँग सम्झौतालाई अन्तिम रूप दिने नजिक पुगेका छौँ।’

यसैबिच ६० दिने समझदारी पत्र (एमओयू) सोमबार समाप्त भएको छ।

सम्बन्धित् समाचार