गृहपृष्ठ अन्तरास्ट्रिय खबर टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त

टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त

२८ वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलङ्कासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन् । उनी टेस्ट क्रिकेटमा १०० शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् ।

पन्तले टेस्ट क्रिकेटमा ८९ पारीमा ४ हजार ९१८ बलको सामना गर्दै १०० छक्का प्रहार गर्दै इतिहास रचेका हुन् ।

यसअघि यो कीर्तिमान इङ्ग्ल्यान्डका बेन स्टोक्सको नाममा थियो । उनले १५१ पारीमा ९ हजार ४२ बलको सामना गर्दै टेस्ट क्रिकेटमा १०० शतक प्रहार गरेका थिए ।

टेस्ट क्रिकेटमा १०० शतक पूरा गर्ने अरू २ जना खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम रहेका छन् ।

टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ । स्टोक्सले २२० पारीमा १३८ छक्का प्रहार गरेका छन् ।

सम्बन्धित् समाचार