काठमाण्डौ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ मध्यपहाडी लोकमार्गमा आज बिहान गाडीको ठक्करबाट आमाछोरीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका आमाछोरीलाई सल्लेमा रहेको जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने भे १ ज १४८२ नम्बरको गाडीका चालकलाई पक्राउ गरिएको सूचना अधिकारी परियारले जानकारी दिनुभयो ।







