काठमाण्डौ — कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ २ हजार ८०० रुपैयाँले बढेको छ ।
सुन आज तोलाको ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ एकैदिन ९ हजार ३०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको थियो ।







