गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि सर्‍याे

कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ७ बजेदेखि शुरू हुने भएको छ ।

आज बिहान ७ बजेका लागि तोकिएको मतदान बिहान १०, दिउँसो १ र साढे २ बजेका लागि सार्दै अन्ततः आजका लागि स्थगित भएको हो ।

धेरै क्लस्टर उम्मेदवारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ ।

१५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै खुलातर्फका उपसभापतिका उम्मेदवारहरू डा. मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सहमहामन्त्रीमा दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी लक्ष्मी परियारले उम्मेदवारी फिर्ता लनुभएको छ ।

मतदानअघि नै तीन जना उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाण्डाै उपत्यका महिला सदस्यतर्फ प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

सम्बन्धित् समाचार