गृहपृष्ठ Featured दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ।

सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवाहरूसँग आतंककारीजस्तो व्यवहार किन गर्छ?’

सीजेपीले अभिजितलाई कहाँ लगिएको हो, स्पष्ट पार्न दिल्ली प्रहरीसँग माग गरेको छ।

सीजेपीले अगाडि लेखेको छ, ‘अभिजित हातमा तिरंगा लिएर घरबाट बाहिर निस्के। तिरंगा बोक्नु कसरी अपराध हुन सक्छ?’

शुक्रबार साँझ दिल्ली प्रहरीले ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपकेलाई नियन्त्रणमा लिएको थियो।

दीपकेलाई घरबाट निस्कनेबित्तिकै त्यहाँ उपस्थित प्रहरी अधिकारीले भनेका थिए, ‘हामी तिमीलाई निवारक नजरबन्दमा राख्दै छौँ।’

जतिबेला दीपके तिरंगा बोकेर कनट प्लेसको सेन्ट्रल पार्क जाँदै थिए।

सम्बन्धित् समाचार