काठमाण्डौ – ‘अर्नब’ चक्रवातको प्रभावका कारण गएको बिहीवारदेखि देशका धेरै ठाउँमा लगातार वर्षा र झरी परेकोमा हिजो बेलुकीदेखि वर्षा रोकिएको छ ।
हिजो दिनभर परेको वर्षा बेलुकी क्रमशः कम हुँदै गएको हो । गएराति काठमाण्डौ उपत्यका आसपासका एक/दुई ठाउँमा छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँबाट अर्नब चक्रवातको प्रभाव हटेको जल तथा मौसम पूर्वनुमान महाशाखाको भनाइ छ ।
आजदेखि देशभरको मौसममा सुधार आउनेछ । यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ ।
वर्षा रोकिएसँगै मौसममा सुधार आए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।







