काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।
अक्सनका लागि १८ देशका कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ९३९ भारतीय तथा २८१ विदेशी खेलाडी छन् ।
भारतपछि सबैभन्दा बढी अस्ट्रेलियाबाट ५३ खेलाडी अक्सनका दार्ता भएका छन् ।
यस्तै, एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा अमेरिकाका १३, नेपाल र यूएईका १०–१०, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डका दुई–दुई खेलाडी छन् ।
अक्सनअघि नै फ्रेन्चाइज टोलीले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन् । अक्सनबाट ६६ खेलाडी अनुबन्ध हुनेछन् । तीमध्ये २५ विदेशी खेलाडीको कोटा छ ।
अक्सनको अन्तिम सूचीमा पर्ने खेलाडीको टुंगो डिसेम्बर ४ मा लाग्नेछ ।







