गृहपृष्ठ खबर अबका युवाहरु उधमशिलता चाहन्छन् _ शक्ति

अबका युवाहरु उधमशिलता चाहन्छन् _ शक्ति

वैखरी जेष्ठ २६ कपिलवस्तु

 नेपाल तरुण दल वाणगंगा ८ कार्यसमिति कपिलबस्तुको आयोजनामा वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस पार्टिलाई पहिलेको स्थानमा पु¥याउँनका लागि युवाहरुमा पार्टिको निति तथा नियमहरुलाई जानकारि गराई समृद्ध देश वनाउँने उद्देश्यले नेपाल किसान ट्रयाक्टर समितिको हल बोर्डगाउँमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको नेपाल तरुण दल वाणगंगा ८ कार्यसमितिले जनाएको छ । नेपाल तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरिले प्रमुख अतिथिको आसनबाट प्रशिक्षण दिँदै सबै तरुणदलहरु एकजुट भई युवा तथा जुनसुकै पार्टिको ब्यक्तिलाई पनि सहयोग गनुपर्नेमा जोड दिए । त्यस्तै नेपालि कांग्रेसलाई सुदृढिकरणमा जोड दिई नयाँ तथा मुर्त रुप दिन तरुणदलले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले तरुणदलले युवा रोजगार तथा विभिन्न क्षेत्रमा पनि सबैलाई समेटेर अगाडि लैजानुपर्नेमा जोड दिएका थिए । त्यस्तै नेपालि कांग्रेस वाणगंगाका नगर कार्यवाहक सभापति विष्णु थापा, तरुणदल क्षेत्रिय सभापति तिलक थापा, युवा नेता दुर्गा अर्याल लगायतले पनि तरुणदलले युवाहरुलाई लक्षित गरि अगाडि बढ्नेमा जोड दिए । त्यसको लागि पार्टिले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा नेपालि कांग्रेस वाणगंगा नगर सचिव रामजि सेन, विष्णु गिरि, क्षेत्रिय सदस्य दुर्गा के सि, गिरिराज पौडेल, तरुणदल वाणगंगा ६ कार्यसमितिका उपसभापति सक्रान्ति थारु, जगन्नाथ भण्डारि लगायतले मन्तब्य दिँदै नेपालि कांग्रेसको सुदृढिकरणमा तरुण दलको विशेष भुमिका रहने बताएका थिए । नेपालि कांग्रेस क्षेत्रिय प्रतिनिधि विष्णु मल्ल, नेविसंघ जिल्ला उपसभापति शंकर प्रसाद न्यौपाने, नेबिसघं क्षेत्रीय सभापति चन्द्रकान्त न्यौपाने ,वाणगंगा बहुमुखि क्याम्पसका स्ववियु सभापति माधव पौडेल लगायतले शुभकामना मन्तब्य दिँदै बर्तमान सरकारले विभिन्न बस्तुहरुमा गरिएको मुल्य वृद्धि, पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको विरोध युवाहरुलेनै गर्नुपर्ने यसका लागि पार्टिले पनि सहयोग गर्नुपर्ने बताए ।

 

 

सम्बन्धित् समाचार