गृहपृष्ठ खबर ४२ हजारभन्दा बढी काेराेना सङ्क्रमित उपचारपछि घर फर्किए, ६४ देशमा फैलियाे

४२ हजारभन्दा बढी काेराेना सङ्क्रमित उपचारपछि घर फर्किए, ६४ देशमा फैलियाे

काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् ।

गएको २४ घण्टामा चीनमा ३५ तथा अमेरिका र अस्ट्रेलियामा एक–एक जना कोरोना सङ्क्रमितको ज्यान गएको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ६४ देशमा फैलिसकेको छ भने दुई हजार ९ सय ७९ जनाको ज्यान गएको र ८६ हजार ९ सय ९२ जना सङ्क्रमित भएका पुष्टि भएको छ ।

सम्बन्धित् समाचार