कपिलबस्तुको बाणगंगा नगरपालिकामा एक श्रीमानले श्रीमतीलाई आगो लगाउदा श्रीमतीको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ झुँगा बस्ने बर्ष ३८ को नर बहादुर मगरले आफ्नै श्रीमती बर्ष ३१ कि कुमारी मगरलाई आगो लगाईदिएका हुन् । अस्थायी प्रहरी पोष्ट जहदीबाट प्रहरि सहायक निरिक्षक ठाकुर प्रसाद अधिकारीको कमाण्डमा टोली खटिगई निज महिलालाई उपचारको लागी सामुदायिक अस्पताल ४ नं. पठाईएको थियो । घाईतेको थप उपचारको लागी पाल्पा मिसन अस्पताल पठाईएकोमा आज उपचारको क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ । उनको शरिरको बाहिरी भाग जलेको बताईएको छ । उनिहरु बिच घरायसि झगडा भईरहेको भन्ने बुझिएको छ । श्रीमानले मादक पदार्थ सेवन गरको अनुसन्धानबाट खुलेको छ । आगो लगाउनुको कारण भने नखुलेको बताईएको छ । शव पाल्पा मिसन अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान पछि आफन्तलाई जिम्मा लगाईने प्रहरिले जनाएको छ । श्रीमान नर बहादुर ईलाका प्रहरी कार्याल पिपराको नियन्त्रणमा रहेको प्रहरि निरिक्षक चन्द्र बहादुर केसिले जानकारि दिए ।
कपिलवस्तुको बाणगंगामा श्रीमानले श्रीमतीलाई आगो लगाउदा श्रीमतीको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
८ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
९ घण्टा अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
१८ घण्टा अघि








