गृहपृष्ठ कला/साहित्य म निजी विद्यालयकाे शिक्षक , पीडा भए पनि देखाउनु हुँदैन

म निजी विद्यालयकाे शिक्षक , पीडा भए पनि देखाउनु हुँदैन

सरकारले लकडाउन घाेषणा गर्दा म सबैलाई लकडाउनमा घरभित्रै बस्न आग्रह गर्छु ।
गरिबलाई राहत बाढ्दा म राहत लिन जानु हुँदैन किनकि राहत त कथित असहायले पाउनुपर्छ ।

साहुबाट खाएकाे उधारोलाई महिना दिन कटाउनु हुँदैन ।
पसल पसल उधाराे माग्दै हिँड्न मैले सुहाउँदैन , किनकि म ईमानदारीता सिकाउने गुरु जो परेँ !
एउटै पसलेले धेरै दिन मलाई पत्याउँदैन किनकी म निजी बिद्यालयको कम आय भएको शिक्षक हुँ ।

लवाई चिटिक्क हुनुपर्छ ,सुन्दर ब्यक्तित्व पनि ! चाहे एक मैनाको पुरै कमाई नै किन नजाओस् , किनकी ब्यक्तित्व नै चरित्रको एना हो भनेर सिकाउने म निजी बिद्यालयको शिक्षक हुँ । निजी बिद्यालयले आफ्नो शिक्षक पाल्न नखोज्दा छिमेकी सामुदायिक बिद्यालयलाई पाल्नुपर्ने सरकारी प्रस्ताव अरे टेलिभिजनमा टुलुटुलु हेरिरहेको हुन्छु।

महिना मरेपछि आउने तलबले ग्याँस भर्नु छ ,चामल किन्नु छ छाेराछाेरीलाई खाजा खाना र कपडा किन्नु छ।
काेठा भाडा नमाग्नु भन्न मैले हुदैन किनकी घरबेटीले बैङ्ककाे ऋण तिर्नु छ , अत: घरबेटीले भाडा माग्नु अगाबै स-सम्मान खुसी साथ भाडा घरबेटीलाई खनखनी गनिदिनुपर्छ किनकी म शिक्षक हुँ।

सबैकाे पिर व्यथा र मर्का मैले बुझ्नु छ , तर लकडाउनमा सधैँ झैँ मैनामा एक बोरा चामल नै सक्कियो , सधैँझैँ ग्याँस २ महिनामै सक्कियो , नुन तेलको खर्च घटेन, पानी,बिजुलीको महसुल उस्तै !

एक दुई महिनाको भाडा सहुलियत घरबेटीसँग माग्ने आँट  छैन किनकी घरबेटीसँग बिगत् ४/५ बर्षदेखि मैले ईमानदारीताको र कर्तब्यनिष्ठताको सगौरब प्रदर्शन गरिरहेछु,फेरि घरबेटीसँग सहुलियतरुपी जोरी खोज्दा यो शहरमा हुने मेरो हबिगत सम्झनु छैन मलाई !

समाजमा आदर्श बनिदिनु पर्ने
नाममा आफूचाहिँ लकडाउनमा भाेकै भएनि बाँचिदिनु पर्ने , हो म एक परिस्थितिले बाध्य बनाएको निजी बिद्यालयको शिक्षक ।। अझै भनिरहेको हुन्छु म : लकडाउनमा सरकारलाई पूर्णरूपले सहयोग गरौँ ।

(शिक्षा इनबक्सबाट)

सम्बन्धित् समाचार