वाणगंगा नगरपालिकाको सातौं नगरसभा पारित भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७७।७८को बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । सम्पन्न नरसभामा नगर उपप्रमुख चक्र अर्यालले बजेट प्रस्ततु गर्नुभएको थियो ।
बुधबार नगरपालिकाको सातौ नगर सभामा बजेट भाषण गर्दै उप–प्रमुख अर्यालले यो बर्ष सबैभन्दा बढी बजेट आर्थिक विकासका लागि छुट्टाएको बताउनुभयो । चालु खर्च तर्फ ७३ करोड ९५ लाख बराबरको बजेट विनियोजन भएको छ भने पूजीगत खर्च तर्फ ४४ करोड ४० लाख बराबर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले वाणगंगा नगरपालिकाले ल्याएको बजेट प्रदेशमै उत्कृष्ट रहेको बताउनुभयो । सासंद पन्थीले नगरले ल्याएको बजेटले समग्र पक्षको विकासलाई समेटेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
बजेटमा कृषि, सडक, र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।








