गृहपृष्ठ खबर कपिलवस्तुका विद्यालयमा पनि सुरु भयो पठनपाठन

कपिलवस्तुका विद्यालयमा पनि सुरु भयो पठनपाठन

कपिलवस्तु । कपिलवस्तु लगायत देशका सम्पूर्ण जिल्लामा लकडाउनको समयमा विद्यालयमा पठनपाठन बन्द भएको थियो । सरकारले लकडाउन खुकुलो बनाएसँगै देशका विभिन्न जिल्लाका केही विद्यालयहरूमा पठनपाठन सुरु भएको छ ।

कपिलवस्तुमा पनि बिहीबारदेखि केही विद्यालयहरूमा भौतिक दुरी कायम राख्दै पठनपाठन सुरु भएको छ ।
जिल्लाकाे शिवराज नगरपालिकास्थित त्रिभुवन अादर्श मावि पीपरीमा बिहीबारदेखि अध्यापन सुरु भएको छ । भौतिक दुरी कायम गर्दै विद्यालय संचालन गरेकोमा अभिभावक तथा विद्यार्थीहरु हर्षित बनेका छन् । शिवराज नगरपालिकाकै समयथान मावि खरेेेेेन्द्ररपुुुुरमा पनि भौतिक दुरी कायम राख्दै पठनपाठन सुरु भएको छ ।

सरकारले बैकल्पिक शिक्षाको माध्यमबाट शिक्षा प्रदान गर्न निर्देशन दिएसँगै जिल्लाका विभिन्न विद्यालयहरुले सिकाइ केन्द्र निर्माण गरी यश अघि नै सिकाइ कार्यक्रम सुरु गरेका छन् । बाणगंगा नगरपालिकाले भने बैकल्पिक शिक्षाको रुपमा रेडियो तथा टेलिभिजन कक्षा सञ्चालन गरेको छ ।

जिल्लामा संस्थागत विद्यालयहरूले पनि बैकल्पिक शिक्षाको रुपमा भर्चुअल कक्षा, टेलिभिजन कक्षा तथा विभिन्न बिधिका सिकाइ प्रणाली अपनाएका छन् । भौतिक दुरी कायम राख्दै विद्यालयमै पठनपाठन हुन थालेपछि भने अब छिट्टै नै सबै विद्यालयमा पठनपाठन सुरु हुनेछ भन्ने आशा अाम विद्यार्थी तथा अभिभावकमा पलाएको छ ।

सम्बन्धित् समाचार