नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। असार १६ गते मूल्य बढाएको निगमले १० दिनपछि पुनः इन्धनको मूल्य बढाएको हो। निगमले शुक्रबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य वृद्धि गरेको छ।
यसअघि १० दिन अघि पेट्रोल लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाएको थियो। शुक्रबार मध्यरातबाट अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको छ।
आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अब डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ पुगेको छ। निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।







