गृहपृष्ठ अर्थ/वाणिज्य सुनचादीको भाउ उकालो लाग्यो, तोलाको कति ?

सुनचादीको भाउ उकालो लाग्यो, तोलाको कति ?

काठमाडौं, १५ भदाै । साताको दोस्रो दिन सोमबार नेपालमा सुनको मुल्य आइतबारको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १३४० मा स्थिर रहेको चाँदी सोमबार २५ रुपैयाँ बढेर १३६५ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार