गृहपृष्ठ अर्थ/वाणिज्य बिनायक सहकारीले गर्यो आफ्ना शेयर सदस्यको कोरोना बिमा

बिनायक सहकारीले गर्यो आफ्ना शेयर सदस्यको कोरोना बिमा

बाणगंगा नगरपालिका ४ चार नम्बर स्थित बिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य र कर्मचारीहरुको एक लाख बराबरको कोरोना बिमा गरेको छ ।

संस्थाले कोरोना महामारी लाई मध्यनजर गर्दै आफ्ना सेयर सदस्य लगायत कर्मचारीहरुको १ लाख बराबरको कोरोना सामुहिक बिमा गरेको संस्थाका अध्यक्ष राम प्रसाद गैरेले जानकारी दिनुभयो ।

यस बिमा योजनामा समाबेश भएका सेयर सदस्य र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको अवस्थामा यस योजनाले केहि हदसम्म आर्थिक टेवा पुर्याउने अपेक्षका साथ यो कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ ।

बिगत देखिनै संस्थाले आफ्ना सेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च बापत रु ३०,००० र नेपाल सरकारले निर्धारण गरेका घातक रोगहरुमा उपचार खर्च बापत रु १०,००० प्रदान गर्दै आइरहेको संस्थाका सचिब खिमानन्द पौडेल ले बताउनु भयो।

संस्थामा हाल ४०६ जना कृयासिल सदस्य रहेका छन ।

सम्बन्धित् समाचार