
काठमाडौं : इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि सानदार जित निकालेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिल्लीमाथि ८८ रनको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको थियो।
हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक सर्वाधिक ८७ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन जोडे। त्यस्तै मनिष पाण्डेले अभिजित ४४ रन जोड्दा केन विलियमसन ११ रनमा अभिजित रहे।
उता दिल्लीका लागि एनरिच नोर्टजे र रबिचन्द्रन अश्विनले समान १र१ विकेट लिए।
२२० रनको ठूलो लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ चल्ल सकेन। दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन बनाउँदा अजिन्क्य रहाणेले २६ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन।
हैदराबादका लागि राशिद खानले मात्र ७ रन दिएर सर्वाधिक ३ विकेट लिँदा सन्दीप शर्मा र टी नटराजनले समान २र२ विकेट तथा शहाबज नदीम, जेसन होल्डर, र विजय शंकरले समान १र१ विकेट लिए।
जितसँगै १२ खेलबाट १० अंक जोडेको हैदराबाद तालिकाको छैठौं स्थानमा उक्लिएको छ।








