गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा भेटीएका मुर्ति छड र सिमेन्टले बनाएको पुष्टी

कपिलवस्तुको बाणगंगामा भेटीएका मुर्ति छड र सिमेन्टले बनाएको पुष्टी

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा भेटीएका मुर्ति छड र सिमेन्टले बनाएको पुष्टी भएको छ । बाणगंगा नगरपालिका वडा नः १ की वडा अध्यक्ष बाल कुमारी अधिकारीको नेतृत्वमा गएको टोलीले उतm मुर्तिहरु छड र सिमेन्ट प्रयोग गरेर बनाइएको जनाएको छ । यद्यपि मुर्ति २० बर्ष पुरानो रहेको स्थानियहरुले बताए ।

बुद्ध भगवानको आकार रहेका ती ३ मुर्ति मनकामना सामुदायिक बन भित्र रहेका छन । हालै त्यहाँ नहरमा काम गर्दै गर्दा कामदारले मुर्ति देखेको तर स्थानियले भने पहिलेबाटनै मुर्ति रहेको बताउछन ।

जोगीले ध्यान गर्न आउदा ति मुर्तिहरु बनाएको हुन सक्ने अनुमान स्थानियले गरेका हुन ।

 

ति मुर्ति संरक्षण र वास्तविकता बुझन आफुले सम्बन्धीत निकायसगं पहल गर्ने वडा अध्यक्ष अधिकारीले वैखरी अनलाइनलाई बताइन ।

सम्बन्धित् समाचार