गृहपृष्ठ खबर हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा एक बालकसहित ७ नेपालीको मृत्यु

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा एक बालकसहित ७ नेपालीको मृत्यु

काठमाडौं : हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।
आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन । एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ुराधिकाुले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

 

सम्बन्धित् समाचार