गृहपृष्ठ खबर कोरोना संक्रमणले कपिलवस्तुमा वकिलको मृत्यु

कोरोना संक्रमणले कपिलवस्तुमा वकिलको मृत्यु

कोरोना भाइरस संक्रमणले नेपाल बार एशोसिएसन जिल्ला इकाईका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका–३, अदालत टोलका उनको बुधबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो ।

उहाँलाई साता दिनदेखि रुघाखोकी र ज्वरो आएको थियो ।

मंगलबार बिहान सास फेर्न गाह्रो भएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

 

उहाँ अहिले पनि वकालत पेसामा क्रियाशील रहनु भएको थियो । जिल्लामा कोरोना भाइरस संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार