जाडो मौसम र मानव शरीरको छालामा हुने परिवर्तन अनि समस्या
- नेपालमा हरेक वर्ष दशैं तिहारपछि जाडो सुरु हुने गर्छ । तर, यसवर्ष भने दशैं सकिनासाथ दिनदिनै जाडो बढेको हामीले महशुस गरिरहेका छौं । जाडो मौसम छालाको लागि खासै अनुकुल मानिदैन । त्यसैले जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ ।
- जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । त्यसैले जाडो सुरु हुने बित्तिकै सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्या हुने गर्छ । चिसो वातावरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन हरेक सेकेण्ड खोसिने गर्छ । यस अवस्थामा छालाको तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता छालाका विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । जसले सौन्दर्यमा ह्रास ल्याउनुको साथै अनुहार फुस्रो र अस्वस्थ देखिन्छ ।
छाला कसरी सुख्खा हुन्छ ?
- जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ । यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन् ।
- कसैकसैको जन्मजात नै सुख्खा छाला हुन्छन् । सुख्खा छालालाई दुई भागमा विभाजन गरिन्छ ।
- वंशाणुगत सुख्खा छाला
- वंशाणुगत सुख्खा छाला भन्नाले कसैको छाला जन्मजात नै सुख्खा तथा कत्ला हुन्छ । यो एक प्रकारको रोग हो । विशेष गरेर एलर्जी हुने व्यक्तिहरूमा, दमको बिरामी, हर्मोनको समस्या, थाइराइडका बिरामी, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छन् ।
पछि हुने सुख्खा छाला
–साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या पनि बढ्छ ।
–धेरै तातो पानिले नुहाउनाले पनि छाला सुख्खा हुन्छ ।
–ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ ।
–त्यसैगरी विभिन्न रोगका औषधीहरू सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ । जस्तोः युरिन धेरै जाने औषधीको सेवन, बोसो घटाउने औषधीको सेवन, सुगरको औषधीको सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या बढी हुन्छ ।
छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ । कहिलेकाहीँ त चिलाउँदा चिलाउँदै घाउनै हुन पनि सक्छ । यस्तो अवस्थामा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।
किन हुन्छ जाडो महिनामा सुख्खा छाला??
- जाडो मौसममा वायुको आद्रता कम हुन्छ । यसले हावामा पानीको मात्रा कम हुनपुग्छ । सुख्खा वायुमण्डलको असर छालामा पर्छ । छालाको नरमपन हराउँछ । यसले गर्दा छाला रुखो हुन्छ, फुट्छ, चायापोतो आउँछ ।
-
- त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ।
- जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।
- जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।
- जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।
- जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।
- मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।
- हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्रा प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्नो शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।
- जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोच्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।
- जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। त्यसो गर्नले शरीरको चिल्लो कम हुन पाउदैन।
- जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।
जाडोमा किन फुट्छ ओठ ?
जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।
‘चिनप्लान’ भनेको के हो?? कसरी बच्ने येस बाट??
जाडोमा छाला सुक्खा हुनुका साथै हात, खुट्टाका औँलाहरु रातो भएर सुनिने समस्याले धेरेलाई सताउँछ । जाडोले आँैला रातो भएर सुनिनुलाई ‘चिनप्लान’ भनिन्छ । त्यो पनि छालाको रोग हो । हात, खुट्टाका औँला रातो भएर सुनिने काठमाडौँ लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा धेरैलाई हुने गरेको छ । पानी खेलाउनुभन्दा अगाडि रबरको पञ्जा लगाएर काम ग¥यो भने औँला सुनिदैन । यस्तै औँलाहरुलाई रातो भएर सुनिन नदिनका लागि ‘हट वाटर ब्याग’ले हात, खुट्टाका औँलामा सेक्नुपर्छ । जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोट टाइप’को जुत्ता लगाउनुपर्छ ।पञ्जा लगाउनु पर्दछ ।
हेऊले खानु भने को के ?? यस बाट कसरी बच्ने??
यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । यसमा शरिरका मुल भागबाट टाढा रहेका अङ्गहरु खासगरी हात खुट्टाका औलाहरु, अनुहार, नाक,कान आदि हिउले खान सक्दछ। त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग हिउले खाएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
जाडोमा छालालाई चम्किलो, मुलायम बनाइराख्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ :
१. घरबाहिर निस्कदा आफ्नो छालालाई सुहाउने खालको सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ र राति सुत्नुभन्दा अगाडि सफा पानीले मुख धोएर मात्र सुत्नुपर्छ ।
२. घरबाहिर निस्कदा अनिवार्य मास्कका साथै स्कार्फ लगानुपर्छ । सनग्लास लगाउनाले आँखालाई पनि सुरक्षा गर्छ ।
३. प्रशस्त मात्रामा पानी, फलफूल खानुपर्छ ।
४. छालालाई सुहाउने लोसन शरीरका विभिन्न भागमा लगाइराख्नले छालालाई सुख्खा हुन दिँदैन ।
५. नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ । जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ ।
६. चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन् । यसको अधिक प्रयोग गर्नु हुँदैन । यसले पनि छालालाई सुक्खा बनाउँछ ।
७. चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ । छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पु¥याउँछ ।
८. यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई शरीरमा छिर्नबाट जोगाउँछ । चिसो हावाले छालालाई फुस्रो बनाउँछ ।
९ आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी युक्त परिकार सेवन गर्नुपर्छ । यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ ।
डा.बाबुराम पाण्डे









