गृहपृष्ठ खबर अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा भारतको विजयी सुरुवात

अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा भारतको विजयी सुरुवात

क्यानबेरा : भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।

त्यसयता रविन्द्र जडेजाले खेलको अन्त्यतिर ४४ रन बनाए । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । कप्तान एरोन फिन्चले बनाएको ३५ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

 

सम्बन्धित् समाचार