गृहपृष्ठ खबर कपिलवस्तुमा ३ सय किलो अवैध माछा बरामद

कपिलवस्तुमा ३ सय किलो अवैध माछा बरामद

कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका–५ जयनगरामा भारतबाट अवैध रुपमा भित्राईएका ३ सय किलो माछा बरामद गरिएको छ। बिहीबार दिउसो भारत बाट नेपाल तर्फ ६ वटा साईकलमा अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा सो बरामद गरिएको हो।

माङगुर र वैखी जातको माछा ६ वटा क्यारेटहरुमा राखिएको थियो। माछा र साईकल गरी १ लाख ५२ हजारको मुल्यका सामान बरामद भएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए।

बरामद माछा नष्ट गरीएको र उक्त ६ वटा साईकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए। दुई साता अघि पनि हथिहवामा ५ वटा साईलकसहित ५ सय किलो अवैध माछा बरामद गरिएको थियो।

 

सम्बन्धित् समाचार