गृहपृष्ठ खबर कपिलवस्तुमा बोक्सी आरोप मुद्धा र ठगी मुद्धाका फरार प्रतिवादि २ जना पक्राउ

कपिलवस्तुमा बोक्सी आरोप मुद्धा र ठगी मुद्धाका फरार प्रतिवादि २ जना पक्राउ

कपिलवस्तु : बोक्सीको आरोप मुद्दामा अदालतबाट सजाए तोकिए पछि फरार रहदै आएकी एक महिला २ बर्षपछि पक्राउ परेकी छिन । कपिलवस्तु नगरपालिका वडा नंम्बर ६ की ३५ बर्षिया फगुनी थरुनी पक्राउ परेकी हुन् । बोक्सीको आरोप मुद्दामा अदालतले उनलाई २०७४ कार्तिक ७ गते ६ महिन कैद र ५ हजार जरिवान तोकेको थियो ।

फैसला भए पनि फरार रहदै आएकी उनलाई प्रहरीको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको थियो । यस्तै ठगी मुद्धामा फरार रहदै आएका एक जना पनि पक्राउ परेका छन ।

शिवराज नगरपालिका वडा नंम्बर.३ जवाभारीका बर्ष २८ को अल्ताफ मुसलमान पक्राउ परेका हुन । २०७५ फागुन ८ गते अदातले ठगी मुद्धामा उनलाई एक बषृ कैद र ७ लाख ७१ हजार ५०७ रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेकका दुबैलाई कारागार चलान गरिएको प्रहरी निरिक्षक प्रेम रेग्मीले बताए ।

सम्बन्धित् समाचार