गृहपृष्ठ खबर रुपन्देहीको तिलोत्तमा सवारी दुर्घटना : दुई जना घाइते

रुपन्देहीको तिलोत्तमा सवारी दुर्घटना : दुई जना घाइते

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा सवारी दुर्घटना भएको छ । शंकरनगर चोक नजिकै फुटपाथमा रोकिराखेको प्र–३–०१०२४–च–४०२६ नम्बरको कारमा भैरहवातिर बाट बुटवल आउँदै गरेको लु ५३ प ३३५७ नम्बरको स्कुटरले ठोकिएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक बर्दघाटका ३८ बर्षीय मनोज आले र सोही स्कुटरमा सवार ४० बर्षीय हरि सापकोटा घाइते भएका छन् ।

दुवै जनाको हात र खुट्टामा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताए । उनीहरुलाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको छ ।

 

सम्बन्धित् समाचार