गृहपृष्ठ खबर अदालतले निर्णय गरे सबैले चुनावमा भाग लिने देउवाको दाबी

अदालतले निर्णय गरे सबैले चुनावमा भाग लिने देउवाको दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन्। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि बताए।

उनले भने,’ अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन हामी सबैले अदालतको निर्णय पर्खिनुपर्छु उनले थपे, ‘कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्छ।’

अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे।

तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए।

 

सम्बन्धित् समाचार