काठमाडौं । नेकपा गोरखाका नेता यादव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली समूहले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको बताउँदै उनले केन्द्रीय सदस्य अस्वीकार गरेको बताएका छन्।
हिंजो गोरखामा पत्रकार सम्मेलन गरी बस्नेतले आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका छन्।
‘
उनी नारेश्वरका हुन्। गोरखा नगरपालिकाभित्र पर्ने नारेश्वर गाउँबाटै बस्नेतसहित चार जना ओली समूहमा केन्द्रीय सदस्य थिए।








