गृहपृष्ठ खबर कोरोनाविरुद्धको खोप बुटवलमा : कपिलवस्तुसहित ६ जिल्लामा १४ गतेदेखि वितरण

कोरोनाविरुद्धको खोप बुटवलमा : कपिलवस्तुसहित ६ जिल्लामा १४ गतेदेखि वितरण

बुटवल : लुम्बिनी प्रदेशका लागि कोरोनाविरुद्धको खोप बुटवल पुगेको छ । ३९ हजार ४ सय ९५ जनाका लागि हिजो मध्यरात खोप बुटवल पुगेको र जिल्लाहरुमा पठाउने तयारी गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना विरुद्धको खोप अहिले बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको छ ।खोप कार्यान्वयनको सम्बन्धमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत निकायहरु बीच भर्चुअल माध्यमबाट छलफल भएको थियो ।

प्रदेशका जिल्लाहरुमा माघ १४ गतेदेखि कपिलवस्तुसहित तराइका ६ जिल्लामा वितरण गरिने र १८ गते पहाडी जिल्लामा खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।

 

सम्बन्धित् समाचार