गृहपृष्ठ खबर गहना पसलको छेउको सटरमा जुस पसल खोले, सुरुङ बनाएर करोडौंको गहना चोरेर फरार

गहना पसलको छेउको सटरमा जुस पसल खोले, सुरुङ बनाएर करोडौंको गहना चोरेर फरार

काठमाडौं। चोरहरुले चोरीको लागि अनेक जुक्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चोरी गरेर भागेका दुई चोरहरु पक्राउ परेका छन् । यी चोरहरुले चोरीको लागि यति गजबको आइडिया लगाएका थिए कि उनीहरुको चोरीको कहानी कुनै फिल्मी कहानीभन्दा कम छैन । चोरी भारतको नवी मुम्बइको ठाणेमा भएको हो ।

इण्डिया टुडेका अनुसार ठाणेमा रहेको एक गहना पसलको छेउको खाली सटर चोरहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले । जुस पसल चलाइरहेका उनीस्हरुले रातको समयमा चुपचाप दुई पसलको बीचको भित्तामा ड्रिल मेसिनले प्वाल पारेर सुरुङ बनाए । त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भागे । जुन व्यक्तिले यसरी चोरी गरे ती व्यक्ति झारखण्डका भएको बताइएको छ ।

नवी मुम्बइ पुलिसका एसीपी विनायक वस्तले इण्डिया टुडेलाई बताएअनुसार चोरहरुले पहिले वर्तक नगरको पोखरण रोडस्थित वरिमाता ज्वेलरी शपमा केही दिनदेखि निगरानी गरिरहेका थिए । जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लिए । त्यसपछि उनीहरुले भित्तामा सुरुङ बनाउन आवश्यक सबै सामान जम्मा गरे । त्यसपछि उनीहरुले गहना पसल खुल्ने र बन्द हुने समय तथा हप्ताको कुन बार पसल बन्द रहन्छ भन्ने पनि निगरानी गरेका थिए ।

जुन व्यक्तिले सटर भाडामा लिएका थिए उनको नाम राहुल अब्दुल मजिद शेख हो । उनले भाडामा लिएको सटरको अगाडि ‘अब्दुल फ्रुट्स’ नामको साइनबोर्ड पनि लगाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मिलेर भित्ता फुटाएर पसलमा भएका सबै गहना चोरेका थिए । चोरी गरिएको सामानको मूल्य १ करोड ३७ लाख भारु भएको बताइएको छ । पुलिसले राहुल र उनका एक साथी साहेब अकबर शेखलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट केही गहना पनि बरामद भएको छ । पुलिसले फरार चोरहरुको खोजी गरिरहेको छ

सम्बन्धित् समाचार