
कपिलवस्तु : जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीले संबिधान माथी समेत प्रतिगमन गरेको आरोप लागएका छन । जनता समाजबादी पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता महतोले उनले दुई तिहाई पाएका कम्युनिष्टले आफनो स्वार्थ पुुरा नहुदाँ संबिधान माथी कु गरेको बताए ।
अन्तरिम संबिधानको भावना बिपरित गोली चलाएर प्रतिगमन गरि संबिधान बनाईएको महतोले बताए । जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय नेता अमृता अग्रहरी, ईकबाल अहमद साह, दान बहादुर चौधरी, रबिदत्त मिश्र, सहसराम यादव, नारायण खनाल, मंगल गुप्ता, रावरण यादव, बिष्णुहरी शर्मा लगायतले सम्बोधन गरेका थिए ।








