
विराटनगर : नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गर्ने दाबी गरेका छन्।
विराटनगरमा शनिबार ओली समूहको सरकारी आमसभालाई सम्बोधन गर्दै नेम्वाङले अदालतले प्रधानमन्त्रीको पक्षमा फैसला गर्ने दाबी गरेका हुन्।
‘म त कानुनको विध्यार्थी बोल्न मिलेन,’ उनले भने, ‘तर, हाम्रा प्रधानमन्त्री अदालतले सदन विघटनको कदम सदर गर्ने कुरामा दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ। हामीलाई हाम्रो प्रधानमन्त्रीप्रति अति धेरै विश्वास छ। त्यसैले अब देश चुनावमा गयो।’
अदालतमा विचाराधीन मुद्दामा विपक्षीहरूले बोलेकोप्रति असन्तोष प्रकट गरेका उनले प्रधानमन्त्रीले निरन्तर सर्वोच्चलाई दबाब दिइरहेकोबारे भने सही थपे।
उनले भने, ‘मैले त यो बारेमा बोल्न मिल्दैन। तर, प्रधानमन्त्रीज्युले भनिरहनु भएको छ, प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार छ भनिरहनु भएको छ।’








