गृहपृष्ठ खबर नेकपा प्रचण्ड–माधव समूहद्धारा जसपासँग सहकार्यको प्रस्ताव

नेकपा प्रचण्ड–माधव समूहद्धारा जसपासँग सहकार्यको प्रस्ताव

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच बिहीबार छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्न नेकपा प्रचण्ड–माधव समूहले प्रस्ताव गरेको महतोले बताए । जसपा नेताहरूले प्रचण्ड–माधव समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको महतोले बताए ।

आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको उनले जानकारी दिए । उनले भने,‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुरा राख्नुभयो । हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो रु पार्टी सिस्टममा पार्टी चाहियो, त्यो के हो रु तपाईहरूले राखेका सबै कुरा हाम्रो पार्टीको बैठकमा राख्छौँ ।’

जसपा नेताहरूले पटक–पटक आफुहरूले गरेको सहमतिमा धोका खाएको स्मरण गराएका थिए । जसपा नेताहरूले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताइरहेको भन्दै रिहाइका लागि संघर्ष गरिरहने बताएका थिए ।

महतोले भने ‘हाम्रा आन्दोलनकारीसाथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताउनुपरेको छ । यी सवालहरू छन । यी समस्याहरू छन् । त्यसैले आगामी यी सवालहरू प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौँ । संविधानमा रहेका त्रुटिहरू, कमिकमजोरीहरू र बन्दी रिहाइका सवालहरूसमेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’

सम्बन्धित् समाचार