गृहपृष्ठ खबर नेकपाको कुन पक्षलाई कांग्रेसको साथ ? संसदीय दलको बैठक बस्दै

नेकपाको कुन पक्षलाई कांग्रेसको साथ ? संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पूनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन ।

हिजो साँझ सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक नयाँ सरकार गठन र अविश्वासको प्रस्ताव बारेमा कुनै निर्णय नगरी टुंगिएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रतिनिधिसभा पुनस्थापना पछि आइतबारबाट सुरु हुन लागेको संसदको अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले सरकार र चन्द नेतृत्वको विप्लव माओवादी बीच भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।

सम्बन्धित् समाचार